बोर्ड, बजार संरक्षण अधिकृत वा उपसमितिले ऐन तथा यस नियमावली बमोजिम कुनै ठाउँको निरीक्षण, जाँचबुझ वा खानतलासी गर्दा देहाय बमोजिमको प्रक्रिया अपनाउनु पर्नेछ :–
(क) निरीक्षण, जाँचबुझ वा खानतलासीको लागि कुनै घर, कम्पाउण्ड, गोदाम, कारखाना वा यस्तै अन्य ठाउँमा प्रवेश गर्दा सम्बन्धित व्यक्तिलाई यथासम्भव सूचना दिई प्रवेश गर्ने,
(ख) खण्ड (क) बमोजिम प्रवेश गर्नु अघि सो ठाउँमा उपस्थित व्यक्तिलाई आफ्नो शरीरको तलासी लिन दिने,
(ग) सम्भव भएसम्म स्थानीय निकायका प्रतिनिधि वा कर्मचारी वा सम्बन्धित व्यक्तिको रोहवरमा निरीक्षण, जाँचबुझ वा खानतलासी गर्ने,
(घ) सम्भव भएसम्म कुनै किसिमको हानि नोक्सानी नहुने गरी निरीक्षण, जाँचबुझ वा खानतलासी गर्ने,
(ङ) निरीक्षण, जाँचबुझ वा खानतलासी गर्दा कुनै वस्तु बरामद गर्नु पर्ने भएमा सोको बरामदी मुचुल्का तयार गर्ने र त्यस्तो मुचुल्कामा रोहबरमा रहेका व्यक्तिको सहीछाप गराउने ।